बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रमा तरुण दलले तीन सय घर बनाउछ : अध्यक्ष गुरुङ

शुक्रबार, २८ वैशाख २०८१, ०८ : ३८
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा तीन सय वटा घर बनाउने बताएका छन् । नेपाल तरुण दल भोलेन्टियर र दक्ष जनशक्ति लिएर तत्काल प्रभावित क्षेत्र पुगेर पीडितलाई घर बनाउन थाल्ने अध्यक्ष गुरुङले बताएका हुन् ।

तरुण दलको आन्तरिक स्रोतभित्र ५०/६० लाख भूकम्प प्रभावितका लागि राहत शंकलन भएको उनले बताए । 'जहाँ विपत हुन्छ त्यहाँ तरुण दल पुग्नेछ,' उनले भने, 'नेपाली जनताको मन छुने कार्य नेपाल तरुण दलले गर्छ ।'

तरुण दलले श्रम दानका लागि देशैभर अभियान चलाउने उनले बताए । रुपन्देही कांग्रेसको जिल्ला सम्मेलनमा अध्यक्ष गुरुङले कांग्रेस नेता बालकृष्ण खाणको अभाव खड्किएको बताए ।

नेता खाँणले छिट्टै अदालतबाट क्लिन चिट पाउने विश्वास अध्यक्ष गुरुङले व्यक्त गरे । नेपाली कांग्रेसको अगुवाईमा शिक्षा,स्वास्थ्य, सडक सञ्जाल,पुल, खानेपानी,सञ्चार लगायतका क्षेत्रमा आमूल परिवर्तन भएको दाबी गरे । राजनीतिक परिवर्तनले नेपाली जनतालाई सुखी बनाए पनि खुसी बनाउन नसकेको उनले बताए ।

नेपालमा केही युट्युवमा नेपालमा वद्नाम भएकाहरु,ऋणमा डुवेकाहरु व्यवस्था र नेपाली कांग्रेसकाविरुद्ध विश्लेषक बनेर भ्रम फैलाई रहेको उनले बताए । कांग्रेस र कांग्रेसका नेताहरु कमजोर हुँदा व्यवस्था कमजोर बनाउने भएकाले यस्ता अफवाह फैलाउने युट्युव च्यानल बहिस्कार गर्न उनले आग्रह गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप