सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तनहुँ दुर्घटना अपडेट : २ जनाको मृत्यु

शुक्रबार, २८ वैशाख २०८१, ०९ : ३६
शुक्रबार, २८ वैशाख २०८१

पोखरा । तनहुँमा बस पल्टिँदा २ जनाको मृत्यु भएको छ । चालक सहित अन्य ३४ जना घाइते छन् । बिहान ब्यास नगरपालिका १२ घाँसीकुवामा पोखरा आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो । 

दुर्घटनामा ३६ जना घाइते थिए । दुईजनाको चाहिँ दमौलीमा उपचारको क्रममा निधन भएको हो । मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका ९ का ४५ वर्षीय हस्त राईको रत्नहरी अस्पताल र टोप बहादुर मगरको दमौली अस्पतालमा मृत्यु भएको हो । 

घाइतेमध्ये ५ जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ । ८ जनालाई थप उपचारका लागि मनपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ । अन्यको पनि विभिन्न अस्पतालमा उपचार भैरहेको छ भने १ जना डिस्चार्ज भएका प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप