आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हमासद्वारा दुई विदेशीसहित थप १२ जना बन्धक रिहा

शुक्रबार, २८ वैशाख २०८१, १० : ३५
शुक्रबार, २८ वैशाख २०८१

तेल अभिभ । चरमपन्थी समूह हमासले युद्धविरामको पाँचौँ दिन थप १२ जना बन्धकलाई रिहा गरेको छ । यसमा १२ जना इजरायली नागरिक र दुई जना थाई नागरिक भएको बताइएको छ । यसअघि दुई पक्षबिच ६ दिनसम्मका लागि युद्धविरामको समय थप गरिएको थियो ।

हमासले बन्धक रिहा गरेसँगै इजरायलले पनि मंगलबार ३० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का अनुसार १२ जना बन्धकहरू इजरायल पुगिसकेका छन् ।

गत अक्टोबर ७ को इजरायलमा गरिएको आक्रमणमा हमासले करिब २ सय ४० जना बन्धक बनाएको थियो । हालसम्म ८१ जना बन्धक रिहा भएका छन् ।

हमासको आक्रमणमा इजरायलमा १२ सय जना मारिएका थिए । त्यसपछि इजरायलले गरेको हमलामा गाजामा १५ हजारभन्दा बढीको मृत्यु भइसकेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप