बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सम्बन्ध र द्वन्द्व बोल्ने ‘चित्रा’को फस्टलुक सार्वजनिक

शुक्रबार, २८ वैशाख २०८१, १० : ४९
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को फस्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको तीन फरक फरक पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का, मेनुका प्रधान र अन्जना बराईली लगायतलाई देख्न सकिन्छ ।

बाबुछोरीको कथा भन्ने फिल्ममा आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतको समेत अभिनय छ । 

आशिष थापा मगर निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सन्तोष अधिकारी हुन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज शिवाकोटीको संगीत छ । महेश पौडेलले छायाङ्कन रहेको फिल्ममा बनिश शाह र सन्देश शाहको सम्पादन छ ।

सन्तोष अधिकारी फिल्मस्को ब्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्म स्वदेशमा केदार पराजुली र अष्ट्रेलिया अविनाश रोका मगरले वितरण गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप