सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कस्मेटिक सामानको आयातमा बाहिरिन्छ अर्बौं रुपैयाँ

सोमबार, २८ जेठ २०८१, ११ : १४
सोमबार, २८ जेठ २०८१

काठमाडौं । नेपालबाट वर्षेनी कस्मेटिक सामाग्रीको आयातमा अर्बौ रुपैयाँ बाहिरिने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ चार महिनाको अवधिमा नै लिबिस्टिक आयातमा २० करोड रुपैयाँभन्दा धेरै बाहिरिएको हो ।

यस्तै, गाजल लगायत आँखाको मेकअप सामाग्रीमा ८ करोड रुपैयाँ बाहिरिँदा नेल पोलिसमा २ करोड २३ लाख रुपैयाँ बाहिरिएको छ । यसबाहेक, पाउडर ६ करोड ४२ लाख रुपैयाँ, फेस क्रिममा ४० करोड रुपैयाँ बाहिरिएको छ । यसबाहेक, बाडी लोसनमा १८ करोड ३१ लाख रुपैयाँ बाहिरिँदा सिन्दुर आयातमा ४९ लाख रुपैयाँभन्दा धेरै रकम बाहरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यसबापत राज्यले अर्बौ राजश्व समेत आर्जन गरेको तथ्यांक छ ।

यसबाहेक, ३० करोड रुपैयाँको स्याम्पो आयात हुँदा ५ करोड २० लाख रुपैयाँको कपालको तेल आयात भएको छ । यस्तै, कपालमा लाउने विभिन्न प्रकारका कपालमा लाउने रङ आयातमा २५ करोड ४४ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, कपालमा लाउने क्रिमको आयातबापत २ करोड २० लाख रुपैयाँ बाहिरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप