आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इन्डोनेसिया भ्रमणमा स्टिकर भिसा अनिवार्य

सोमबार, २८ जेठ २०८१, १९ : ००
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेसियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेसिया प्रवेश गर्दा स्टिकर भिसा अनिवार्य गरेको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिसा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको दूतावासले बताएको छ । 

दूतावासले एक सर्कुलर जारी गर्दै भिसा सम्बन्धी सम्पूर्ण कार्य इन्डोनेसियाको काठमाडौँस्थित अवैतनिक वाणिज्य दूतको कार्यालय मार्फत गर्न सुझाव दिएको छ । 

ई–भिसा आवेदन प्रक्रियामा आएका त्रुटिहरूको मूल्याङ्कन गर्दै दूतावासले अब उपरान्त नेपालबाट इन्डोनेसिया प्रस्थान गर्दा ई–भिसाको लागि आवेदन नगर्न समेत आग्रह गरेको छ । 

नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपालबाट इन्डोनेसिया जाँदा भिसा अन एराईभलका लागि पहल भइराखेको जनाउँदै नेपाली नागरिकहरूको सहजताका लागि दूतावास तथा इन्डोनेसियाली सरकारले विद्यमान प्रक्रियालाई थप सहजीकरण गर्न नयाँ व्यवस्था लागू भएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप