सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राजधानीबाट नक्कली नोटसहित एक जना पक्राउ

सोमबार, २८ जेठ २०८१, १३ : १५
सोमबार, २८ जेठ २०८१

काठमाडौं । राजधानीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ सहित धादिङ गजुरी गाउँपालिका-४ घर भई काठमाडौं शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । 

उक्त ठाउँस्थित खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप