सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेलकोटगढीले सञ्चालनमा ल्यायो तीन एम्बुलेन्स

अपाङ्गता भएका र सुत्केरीलाई निःशुल्क सेवा
सोमबार, २८ जेठ २०८१, १५ : १८
सोमबार, २८ जेठ २०८१

नुवाकोट । बेलकोटगढी नगरपालिकाले तीन वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरप्रमुख जगतबहादुर गुरुङले आफू निर्वाचित हुने बित्तिकै ६ वटा एम्बुलेन्स खरिद गर्ने घोषणा गरेका थिए ।

सोही बाचा अनुसार नगरपालिकाले हाल तीन वटा एम्बुलेन्स खरिद गरी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेर सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले मंगलबार बेलकोटगढी नगरपालिका वडा नम्बर ३ को कुमारी स्वास्थ्य चौकी, बेलकोटगढी वडा नम्बर ६, दुई पिपल स्वास्थ्य चौकी र बेलकोटगढी वडा नम्बर ११ को बेलकोट स्वास्थ्य चौकीलाई एक–एक वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष कार्यपालिका सदस्य विभिन्न शाखा प्रमुख, कर्मचारी लगायतको सहभागिता थियो । एम्बुलेन्स हस्तान्तरण गर्दै मेयर गुरुङले सञ्चालनमा ल्याउन लागिएको एम्बुलेन्सले स्वास्थ्य चौकीको सिफारिसमा पूर्ण अपाङ्गता कार्ड भएका बिरामी र सुत्केरी महिलालाई निःशुल्क सेवा उपलब्ध गराउने बताए ।

उनले अहिले भूगोलका हिसाबले पायक पर्ने गरी एम्बुलेन्स खरिद गरिए पनि यसलाई थप गर्दै लगिने जानकारी दिए । स्वास्थ्य सुविधा पाउनु जनताको नैसर्गिक अधिकार भएको बताउँदै उनले नगरपालिका नगरवासीहरूको यस अधिकारका लागि सधैँ तत्पर रहेको बताए ।

नगरपालिकाले प्रति एम्बुलेन्स १८ लाख ७५ हजार ७ सय १८ अठार रुपैयाँमा खरिद गरेको हो । भन्सार महसुल, प्रज्ञापन पत्र शुल्क गरी कुल ५९ लाख ९८ हजार ५०० रुपैयाँमा तीन वटा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप