सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डिसेम्बर २ मा सोल्टी होटेलमा क्रिसमस बजार लाग्ने, संकलित रकम भूकम्प पीडितलाई सहयोग गर्ने

सोमबार, २८ जेठ २०८१, १५ : ३१
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । आगामी डिसेम्बर २ मा काठमाडौँस्थित सोल्टी होटेलमा क्रिसमस विशेष किनमेल बजार लाग्ने भएको छ । एवन बजारको रुपमा विगत चार दशकदेखि एक्टिभ उमन अफ नेपाल (एवन) ले संचालन गर्दै आएको यो बजार एक किसिमको च्यारीटेबल सेलिब्रेसन पनि हो ।

टर्किस एअरलाइन्स, नेपाल एअरलाइन्स, डाबर नेपाल, काल्र्सवर्ग तथा रुपिज् इन्टरनेशनल स्कुल प्रायोजक रहेको एवन बजारको उद्घाटन भने अमेरिकी राजदुतकी पत्नी जेन क्रिल थोम्पसनले गर्दैछिन् । थोम्पसन एवन कि अनररी प्रेसिडेन्ट समेत हुन् ।

विभिन्न एक सयभन्दा बढी स्टल रहने एवन बजारमा विभिन्न स्टार्टअपस् कम्पनी, अर्ग्यानिक पोडक्टस्, विभिन्न किसिमका स्थानीय उत्पादनहरु, फेसनवेयर, ट्राभल लगायतका स्टलहरु रहनेछन् ।

विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिले आफ्नो रुचीका आधारमा गरेका काम र उत्पादनलाई विशेष प्राथमिकता दिइने एवन बजारबाट संकलित रकमएवनका च्यारीटेबल कार्यहरुमा खर्चिने आयोजकले जनाएको छ । 

bb

७५ वर्ष अगाडि अमेरिकन एम्बेसीमा कार्यरत महिला तथा एक्स्प्याट्स्ले संचालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्था मध्ये एक हो । जुन समयसँगै अमेरिकन एम्बेसीमा सिमिन नभएर नेपालमा बसोबास गर्ने एक्स्प्याट र नेपाली एक्टिभ उमनको साझा संस्था बन्न पुगेको हो ।

एवनकी अध्यक्ष बाबा सरकार श्रेष्ठले भनिन्, ‘देशको जुनसुकै आवश्यकतामा एवन सक्रिय भएर लाग्ने गरेको छ । हालै जाजरकोटमा गएको विनाशकारी भूकम्पमा समेत एवले सक्रियता पूर्वक राहात समाग्रि संकलन तथा वितरणका लागि काम गरिरहेका छौं । हामीले सयौं छात्रवृत्ति, ग्रामीण महिलालाई सेनिटरी प्याड वितरण, बृद्धाश्रम तथा बालगृहलाई सहयोग गर्ने लगायतका कार्यहरु समेत गर्दै आएका छौं ।’

एवन बजारमा प्रवेश निःशुल्क गरिएको छ । विहान नौ बजेदेखि साँझ ६ बजेसम्म चल्ने बजारको राजदूत पत्नी जेन ले विहान दश बजे उद्घाटन गर्नेछिन् । 

बालबालिकाका लागि आकर्षक गेमिङ्ग जोन समेत यहाँ रहने छ । यस्तै एवन बजारमा जाजरकोट भूकम्प पिडितको राहात संकलनका लागि फेडेरेसन अफ उमन एन्टरप्रेनर्स एसोसिएसन अफ नेपाल र जोन्टा क्लब संगको सहयकार्यमा राहात संकलन गर्ने ठाउँ समेत छुट्याईएको छ । जाजरकोटका भूकम्प पिडितलाई राहात समाग्री दिन मन हुनेले एवन बजारमा जुनसुकै नयाँ वा पुराना सामाग्री खरिद गरिदिन समेत एवनले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप