नेविसंघ काठमाडौँ जिल्ला समिति विस्तार,पदाधिकारीसहित १४८ जना मनोनीत
सोमबार, १८ मङ्सिर २०८०, १९ : १४
काठमाडौँ । नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) काठमाडौँ जिल्ला कार्यसमिति विस्तार भएको छ । नेविसंघ काठमाडौँका अध्यक्ष अंशुल केसीले बुधबार नेपाल विद्यार्थी संघ २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम नेविसंघ काठमाडौँ जिल्ला कार्यसमिति विस्तार गरेका हुन् ।
अध्यक्ष केसीले १२ जना उपाध्यक्ष, तीन जना सचिव, १४ जना सहसचिव र एक जना काेषाध्यक्षसहित १४८ सदस्यीय कार्यसमितिमा मनोनीत गरेका छन् ।
कार्यसमिति सदस्य सबै भूगोल समेटेर बनाउने क्रममा ठूलो आकार भएको अध्यक्ष केसीले बताए । उनका अनुसार काठमाडौँभित्र फरक भूगोल, समुदाय र क्रियाशील विद्यार्थीहरु समेटिएको छ ।
जिल्ला कमिटी विस्तार नेपाली कांग्रेस काठमाडौँ जिल्ला पार्टी कार्यालयमा भएको थियो ।