मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

झुलाघाट–चिवाभञ्ज्याङ यात्रा शुभारम्भ गर्दै अध्यक्ष ओलीले भने–यो संवाद र अध्ययनको यात्रा हो

मङ्गलबार, १९ मङ्सिर २०८०, ०९ : ३६
मङ्गलबार, १९ मङ्सिर २०८०

बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा संवाद र अध्ययनको यात्रा भएको बताएका छन् । 

बिहीबार बैतडीको झुलाघाटबाट यात्राको उद्घाटन गर्दै अध्यक्ष ओलीले यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सहि बाटोमा ल्याउने सन्दर्भमा चिन्तन मनन र नीति योजना निर्माण गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे । 

‘यो यात्रा संवादको यात्रा हो,यो यात्रा अध्ययनको यात्रा हो । यो यात्रा नेपाली जनताको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाइ छाड्ने संकल्प यात्रा हो’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘जसलाई नेकपा एमालेले आफ्नो उद्देश्य र गन्तव्य बनाएको छ ।’

अध्यक्ष ओलीले यात्राका क्रममा मध्य पहाडी भूभागमा विकासका सम्भावना, त्यहाँका युवा र जनशक्तिको अपेक्षा, उत्पादन, रोजगारी, सिप विकासको अध्ययनबारे जनतासँग सघन संवाद गर्ने बताए । 

yamale5

‘जनताका समस्या के छन् रु एमाले र एमाले नेताकार्यकर्तासँग जनताको अपेक्षा के छ रु अहिलेको अवस्थाबाट देशलाई बदलेर समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा कसरी पुरा गर्न सकिन्छ भन्ने सङ्कल्प गर्नेछौ’, अध्यक्ष ओलीको भनाइ छ । 

यात्रा पुस १ मा चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ । यात्रामा  एमाले शीर्ष नेताहरू सहभागी छन् ।

yamale1yamalw2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप