आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘दयारानी’ को विदेश प्रदर्शन सेभेन सिजले गर्ने

मङ्गलबार, २९ जेठ २०८१, १४ : २१
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको फिल्म हो ‘दयारानी’ । फिल्म अभिनेता अभिनेता माओत्से गुरुङले निर्देशन गरेका हुन् । माओत्सेको यो डेब्यु फिल्म हो ।

आगामी माघ २६ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्मको सेभेन सिज इन्टरटेनमेन्टले अन्तराष्ट्रिय अधिकार खरिद गरेको छ । निर्माण कम्पनी बाँसुरी फिल्मस् र सेभेन सिज इन्टरटेनमेन्टबीच बुधबार अन्तर्राष्ट्रिय अधिकारको विषयमा सम्झौता भयो ।

दयाहाङ र दियाका अलावा विजय बराल, प्रमिशा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारको समेत अभिनय रहेको फिल्म बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको हो । शैलेन्द्रध्वज कार्कीको छायांकन रहेको फिल्ममा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण छ ।

कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्म नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस्ले वितरण गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप