आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतसँग टी—२० शृंखला खेल्न राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीको घोषणा

मङ्गलबार, २९ जेठ २०८१, १६ : ०६
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । नेपालको राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीले भारतको मुम्बइमा आयोजना हुने द्विपक्षीय महिला क्रिकेट शृंखलामा सहभागिता जनाउने भएको छ । प्रतियोगिता भारतीय नेत्रहीन क्रिकेट संघको आयोजनामा हुन लागेको हो । 

टी—२० ढाँचाको उक्त प्रतियोगिता डिसेम्बर १० देखि १६ तारिखसम्म सञ्चालन हुनेछ । शृंखलाका क्रममा नेपाल र भारतको टोलीबिच पाँचवटा टी—२० खेल खेलिने छ । उक्त प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा प्रतिभा राई, माया लुङ्गेली, मुना अर्याल, पुनम चौधरी, श्रृजना परियार, गिता पौडेल, कान्ती योगी, सरिता घिमिरे, सीता चौधरी, मनकेशी चौधरी, विमला राई, निशा चौधरी, दिल्लीशरा धमला, उजेली चौधरी र विनिता पुन रहेका छन् । 

यसैगरी नेपाली टोलीको प्रमुख प्रशिक्षकमा रिजन प्रजु र सहायक प्रशिक्षकमा नहेन्द्र निरौला छन् । टोलीको ब्यवस्थापकमा भने ज्योति केसी, पवन घिमिरे र सागर लामा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप