आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस बागमती प्रदेश सम्मेलन पुस ७ गते

मङ्गलबार, २९ जेठ २०८१, १७ : १५
मङ्गलबार, २९ जेठ २०८१

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशको सम्मेलन पुस ७ गते हुने भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्य सम्पादन समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले पुस ७ गते प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो ।

कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौँमा बसेको बैठकले प्रदेशको पहिलो सम्मेलन काठमाडौँमा गर्ने गरी तयारीका लागि विभिन्न विषयमा छलफल समेत गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीका अनुसार कार्य सम्पादन समितिको बैठकले सम्मेलन तयारीका लागि विभिन्न समितिहरू समेत गठन गरेको छ ।

प्रदेश सभापति ईन्द्रबहादुुर बानियाँको संयोजकत्व सम्मेलन मूल आयोजक समिति गठन भएको छ । उक्त मूल आयोजक समितिमा प्रदेश समितिका सबै पदाधिकारी सदस्य रहेको प्रवक्ता रुवालीले बताए ।

त्यस्तै बैठकले सम्मेलनका लागि विभिन्न उपसमितिहरूसमेत गठन गरी पदाधिकारीहरूलाई संयोजक तोकेको छ । बैठकले राजनीतिक प्रस्ताव तयारी उपसमिति संयोजकको जिम्मेवारी उपसभापति चन्द्र महर्जनलाई प्रदान गरिएको छ भने आर्थिक व्यवस्थापन उपसमिति संयोजक उपसभापति मोहन बस्नेतलाई दिइएको छ ।

साङ्गठनिक प्रस्ताव तयारी उपसमिति संयोजकमा महामन्त्री कन्चन चन्द्र वादे तथा सह संयोजकमा सहमहामन्त्री ऋषिराम घिमिरेलाई प्रदान गरिएको छ । बैठकले आगामी वर्षको कार्यक्रम (क्यालेन्डर) तयारी उपसमिति संयोजकमा महामन्त्री राजु श्रेष्ठ र सहसंयोजकमा सहमहामन्त्री जीवन डंगोललाई तोकिएको छ ।

बैठकले आर्थिक प्रतिवेदन तयारी उपसमितिमा कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, सम्मान उपसमिति सहमहामन्त्री ऋषिराम घिमिरे, खाना व्यवस्थापन उपसमिति सहमहामन्त्री हरिशरण श्रेष्ठ, स्वागत उपसमिति सहमहामन्त्री जीवन डङ्गोल, प्रचार प्रसार उपसमिति संयोजकमा प्रवक्ता तिलक रुवाली, शुभकामना प्रायोजन तथा रजिस्ट्रेसन उपसमितिमा निमा लामा, निमन्त्रणा उपसमितिको संयोजकमा दीपेन्द्र आचार्य, कार्यक्रम पछिको प्रतिवेदन तयारी उपसमितिमा उज्वलराम घिमिरे, हल, मञ्च, स्वागत गेट तथा व्यवस्थापन उपसमितिमा कोकी अस्तानी मगर, स्वास्थ्य शिविर उपसमितिमा डा.अमितसिं कार्की, सांस्कृतिक कार्यक्रम उपसमितिमा धनकुमारी थापा सरु, स्वयंसेवक परिचालन प्रज्ज्वल दवाडी र रक्तदान कार्यक्रम संयोजकमा कुमार दुलाललाई जिम्मेवारी तोकेको छ । संयोजकहरूले आवश्यकताअनुसार प्रदेश कार्यालयमा जानकारी गराएर सदस्यहरू थप्न सक्ने प्रवक्ता रुवालीले बताए ।

कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता हुने प्रदेश सम्मेलनमा केन्द्रीय पदाधिकारीहरू सहित ७ प्रदेशका प्रदेश सभापतिहरूको उपस्थिति रहने प्रवक्ता रुवालीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप