आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पेट्रोल र डिजेलको मूल्य घट्यो

मङ्गलबार, २९ जेठ २०८१, २१ : ३०
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेल/ मट्टितेलको मूल्य घटाएको छ।  निगमले पेट्रोलको प्रतिलिटर २ तथा डिजेल/ मट्टितेलको प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको हो । 

निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको क्रमशः २ रुपैयाँ १२ पैसा र ४ रुपैयाँ ०९ पैसा घटेर आएको थियो । 

यस्तै एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेर आएको भएपनि आमउपभोक्ताको हितलाई ध्यानमा राखेर यथावत राखिएको छ । 

मूल्य घटेसँगै काठमाडौँको हकमा पेट्रोलको मूल्य १७० रुपैयाँ कायम भएको छ भने डिजेल तथा मट्टितेल १६० रुपैयाँ कायम भएको छ । 

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप