आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय टोलीमा परेको १० दिनपछि नै वेस्ट इन्डिजका विकेटकिपर डर्विचको सन्न्यास

बिहीबार, ०६ वैशाख २०८१, १० : ५७
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर सेन डर्विचले अप्रत्यासित रुपमा सक्रिय खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका छन् । उनले सबै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्यास लिएका हुन् । 

३२ वर्षीय विकेटकिपर ब्याट्सम्यान डर्विचलाई १० दिनअघि मात्र वेस्ट इन्डिज क्रिकेट बोर्डले राष्ट्रिय टोलीमा समावेश गरेको थियो । वेस्टइन्डिजले डिसेम्बरमा इङ्ल्यान्डसँग तीनवटा खेलको एकदिवसीय शृंखला खेल्ने कार्यक्रम रहेको छ । 

सोही शृंखलाका लागि डर्विचलाई राष्ट्रिय टोलीमा समावेश गरिएको थियो । तर, त्यसको १० दिनपछि नै डर्विचले अप्रत्यासित रुपमा खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । डर्विचले हालसम्म राष्ट्रिय टोलीबाट एउटामात्र एकदिवसीय प्रतियोगिता खेलेका छन् । 

सन् २०१९ को मे ७ तारिखमा खेलिएको बंगलादेशविरुद्धको उक्त खेलमा उनले ६ रन बनाएका थिए । उनले देशका लागि ३५ वटा टेस्ट खेलेका छन् । टेस्ट क्रिकेटमा उनले एक हजार पाँच सय ७० रन बनाएका छन् । टेस्ट क्रिकेटको एउटै पालीमा उनको उच्च स्कोर अविजित एक सय २५ रन हो । 

टेस्टमा उनले हालसम्म तीन सतक र नौवटा अर्धसतक प्रहार गरेका छन् । ‘क्यारेबियन क्रिकेटको विकासमा पुर्‍याएको योगदानका लागि हामी उनीप्रति आभारी छौँ,’ वेस्ट इन्डिज क्रिकेट बोर्डले पनि डर्विचको सन्न्यासको समाचारलाई पुष्टि गर्दै भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप