गण्डकीका प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
बिहीबार, ०६ वैशाख २०८१, १४ : ११
काठमाडौँ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको अनुपस्थितिमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बागमती प्रदेशको कार्यभार पाउने भएका छन् ।
प्रमुख शर्मा मङ्सिर १६ देखि २१ गतेसम्म चीन भ्रमणमा जाने भएपछि उनको अनुपस्थितिमा गण्डकीका प्रमुख गुरुङले बागमतीको पनि कार्यभार सम्हाल्ने भएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले शुक्रवार विज्ञप्ति जारी गर्दै शर्माको अनुपस्थितिमा गुरुङलाई प्रदेश प्रमुखको कार्यभार तोकेको उल्लेख गरेकी छन् ।