आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चन्द्रपुरमा २ करोडको साढे ९ फिट अग्लो बुद्धको मूर्ति स्थापना

बिहीबार, २१ मङ्सिर २०८०, १९ : ५९
बिहीबार, २१ मङ्सिर २०८०

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित ऐतिहासिक गोल्मा राजाको दरबार क्षेत्र परिसरभित्र भगवान् बुद्धको मूर्ति स्थापना गरिएको छ । झन्डै ३ सय ५० वर्ष अघि सेन वंशीय राजा गोल्माको दरबार रहेको भनिएको चन्द्रपुर–१ स्थित थाई नेपाल मेरिट ब्रीजग्रुपको सहयोगमा बैरी विनाश बुद्धको मूर्ति स्थापना गरिएको हो ।  

गोल्मा राजा रानीको दरबार क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने उद्देश्य अनुरूप  बुद्धको मूर्ति स्थापना गरिएको बताइएको छ । उक्त दरबार क्षेत्रमा रहेको टुँडिखेलमा स्थापना गरिएको बुद्धको मूर्तिको मूल्य झन्डै दुई करोड रुपियाँ रहेको र उचाइँ साढे ९ फिट अग्लो रहेको  भिक्षु मेधंकर स्थविरले जानकारी दिए । उक्त क्षेत्रलाई गोल्मा राजा बौद्ध बिहारको नाम दिनुका साथै ध्यान केन्द्रको रूपमा विकास गरिने समेत उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप