आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टाटा म्याक्सचेञ्ज मेलाको अन्तिम दिन आज

शुक्रबार, २२ मङ्सिर २०८०, ०५ : २२
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले आयोजना गरिरहेको म्याक्सचेञ्ज मेला कार्यक्रमको आइतबार रहेको छ ।  कम्पनिको अनुसार एक्सचेञ्ज गरेर टाटा कार किन्न  इच्छुक ग्राहकवर्गलाई लक्षित गरि योजना गरिएको म्याक्सचेञ्ज मेलामा उत्साहजनक सहभागीता रहेको छ ।

विशेषगरि नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स गाडी किन्न चाहने ग्राहकहरुको सहभागीता अझै धेरै देखिएको कम्पनीको भनाइ छ । म्याक्सचेञ्ज मेला यहि मङ्गसिर १५ गतेदेखि सुरु भएर आजसम्म थापाथली, सल्लाघारी लगायत नेपालभरीको सबै टाटा मोटर्सको शोरुमहरुमा आयोजना भइरहेको हो ।  मेलाको अन्तिम दिन टाटा कारको शोरुममा गएर टाटा नेक्सन म्याक्स गाडी किन्दा पाइने आकर्षक स्किमको फाइदा उठाउन कंम्पनिले अनुरोध गरेको छ । 

म्याक्सचेञ्ज मेलामा निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ । साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन् ।  

यस म्याक्सचेञ्ज मेलाको अबसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप