सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साइकल चढेर ३५ सय किलोमिटरको धार्मिक यात्रा

सोमबार, २८ जेठ २०८१, ०७ : ५५
सोमबार, २८ जेठ २०८१

रौतहट । रौतहटको कटहरिया नगरपालिकाका बैधनाथ  प्रसाद  जयसवाल  ३५ सय किलोमिटर लामो धार्मिक यात्रामा निस्केका छन्।

पछिल्लो समय गरुडा बस्दै आएका ५० वर्षीय  जयसवाल शनिबार साइकल बाट भारत जम्मू कश्मीर स्थित बैष्णोदेवी यात्राको सङ्कल्प सहित धार्मिक यात्रामा निस्किएका हुन्। 

साइकल यात्री जैसवाललाई मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले धार्मिक यात्राको सफलताको शुभकामना दिँदै टीका तथा फुलमाला लगाई गेरु वस्त्र सँगै नगद ११ हजार ५१ रुपैयाँ दिएर बिदा गरेकी थिइन्।

त्यस्तै साइकल यात्री जैसवाललाई गरुडा स्थित सुन चाँदी व्यवसायी सङ्घका प्रदेश अध्यक्ष रामजी साह, कांग्रेस नेता रामाभरोसी यादव, समाजबादी नेता ब्रिजकिशोर यादव लगायतकाले सम्मान सहित बिदाइ गरेका थिए। साइकल बाट हुने धार्मिक यात्राले मानव मानवबिच सद्भाव बढेर साम्प्रदायिक विभेद अन्त्य गर्न सहयोग पुग्ने यात्री जैसवालले विश्वास लिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप