सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रेको राष्ट्रपति रनिङ शिल्ड उपाधी पाँचै पटक महेन्द्रलाई

सोमबार, २८ जेठ २०८१, ०८ : ४१
सोमबार, २८ जेठ २०८१

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मावि लाहाचोकले जितेको छ । उसले योसँगै पाँचौ पटक उपाधी जितेको हो । 
महेन्द्रले ११ स्वर्ण, ५ रजत र २ कास्य सहित १८ पदक प्राप्त गर्दै पहिलो हुँदा निष्पक्ष माविले ७ स्वर्ण, ६ रजत र ३ कास्य सहित १६ पदक हात पा-यो । तेस्रो भएको उदय माविले ४ स्वर्ण, ४ रजत र ४ कास्य गरि १२ पदकमा चित्त बुझायो । 

प्रतियोगितामा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले शिक्षा संगै खेलकुदलाई पनि प्रथामिकतामा राख्नु पर्नेमा जोड दिए । 

प्रतियोगितामा ३० वटा खेलहरु समावेश गरिएका थिए । मावि तहका ३ सय ८३ विद्यार्थीले प्रतिश्पर्धा गरेका संयोजक सम्झना पोखरेलले बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप