सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘रिमै’मा जोडी बाँध्दै दयाहाङ र रिस्मा

सोमबार, २८ जेठ २०८१, १२ : ५५
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । हिट फिल्म ‘कबड्डी’ अभिनयपछि चर्चामा रहेकी अभिनेत्री रिस्मा गुरुङ पुन: एक पटक फेरि अभिनेता दयाहाङको जोडीको रूपमा देखिने भएकी छन् । उनी दयाहाङको जोडीको रूपमा फिल्म ‘रिमै’मा देखिने भएकी हुन् ।

गोरख सिरानचोक एन्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरमा बन्ने फिल्म खिल बहादुर गुरुङले निर्देशन गर्न लागेका हुन् । फिल्ममा दयाहाङ र रिस्माका अलावा विरबल घलेको पनि मुख्य भूमिका रहनेछ ।

उपेन्द्र सुब्बाको पटकथा लेखन रहने फिल्म गुरुङ र अभिनेता घलेले लेखेका हुन् । फिल्मको छायाङ्कन चैत्रबाट सुरु हुने बताइएको छ । फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप