आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमती प्रदेशसभामा सर्वदलीय बैठक सुरु

सोमबार, २८ जेठ २०८१, १४ : १०
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । बागमती प्रदेशसभामा सर्वदलीय बैठक सुरु भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको उपस्थितिमा सर्वदलीय बैठक सुरु भएको हो ।

बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने बताइएको छ ।  गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन्। 

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको हो । बैठकले बजेट पारित गर्दाको बखतमा प्रतिपक्ष दलहरूसँग भएको सम्झौताका विषयमा समेत छलफल हुने जनाइएको छ ।

बैठकमा नेमकिपा सहभागी छैन । सत्तारुढ माओवादी केन्द्रबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित प्रमुख सचेतक रत्नप्रसाद ढकाल, कांग्रेस दलका नेता बहादुरसिंह लामा, सचेतक गोविन्द लम्साल, हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य सहभागी छन् । त्यसैगरी प्रमुख प्रतिपक्ष नेकपा एमालेका दलका नेता जगन्नाथ थपलिया, मुख्य सचेतक मधुसूदन पौडेल, सांसद केशवप्रसाद पोखरेल, राप्रपाका दलका नेता उद्धव थापा र कुमारी तामाङ सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप