बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितलाई १५० थान न्यानो डसना हस्तान्तरण

शुक्रबार, २८ वैशाख २०८१, १८ : १०
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौं । भूकम्पबाट प्रभावित क्षेत्र रुकुम पश्चिमका लागि निजि प्राविधिक शिक्षालय महासंघ नेपाल काठमाडौंले १५० थान न्यानो डसना हस्तान्तरण गरेको छ ।

महासंघ नेपालका महासचिव भुवन चक्र जोशी र सदस्य नवराज ऐरले न्यानो अभियानका संयोजक अनिल शर्मा र रुकुम पश्चिमी नेकपा माओवादी केन्द्र सम्पर्क समन्वयका अध्यक्ष तिलक परियारलाई १५० थान न्यानो डसना हस्तान्तरण गरेका हुन् ।

चिसो मौसममा त्रिपालमुनि रात विताउन बाध्य रुकुम पश्चिमका पीडितहरुलाई केही सहयोग पुगोस् भन्ने हेतुले सहयोग स्वरुप न्यानो डसना उपलब्ध गराइएको निजि प्राविधिक सदस्य तथा वाइसीएल नेपाल केन्द्रीय सचिव तथा प्रवक्ता नवराज ऐरले जानकारी दिए ।

उनका अनुसार निजि प्राविधिक शिक्षालय महासंघ नेपालका सम्पुर्ण सदस्यहरुको लगानीमा सामाग्री हस्तान्तरण गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप