बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मिनभवनस्थित गणेश अवालेको जग्गा वैद्य माओवादीद्वारा कब्जा

शुक्रबार, २८ वैशाख २०८१, १८ : ४२
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँको मिनभवनस्थित गणेश अवालेको जग्गा कब्जा गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी काठमाडौँले अवालेको चार रोपनीभन्दा बढी उक्त जग्गा भूमाफियाहरुले षड्यन्त्रपूर्ण तरिकाले कब्जा गरेको भन्दै झण्डा गाडेर नियन्त्रणमा लिएको घोषणा गरेको छ ।

सो जग्गा जिल्ला संगठन समिति काठमाडौँले ब्यानर र झण्डा गाड्दै किनबेच नगर्न समेत चेतावनी दिएको छ । भूमाफियाहरुले अदालत र प्रशासनसँगको सेटिङमा जग्गा कब्जा गरेको, अवाले परिवारको उठिबास लगाउन लागेको भन्दै जग्गा नियन्त्रणमा लिएको बताएको छ ।

‘भूमाफियाहरु काठमाडौँ महानगर, प्रहरी प्रशासनको आडमा पीडित अवाले परिवारलाई नै उठिबास लगाउने लागेका छन् । महानगर पनि भूमाफियाकै पक्षमा उभिँदै दुई पटकसम्म घर खाली गर्न पत्राचार समेत गरेको छ । आजको दिनबाट उक्त जग्गा पार्टीको  नियन्त्रणमा रहनेछ । यसको छानबिन गरेर पीडितलाई न्याय दिलाउन र भूमाफियाको पञ्जाबाट जग्गा फिर्ता ल्याउन पार्टी आफ्नो सम्पूर्ण तागत लगाउनेछ । पार्टीले अन्तिम निर्णय नगर्दासम्म यो जग्गा किनबेच गर्न र अवाले परिवारको उठिबास नलगाउने समेत चेतावनी दिन्छौँ,” सो क्षेत्रमा छरिएको पर्चामा उल्लेख छ ।

प्रहरी प्रशासनको आडमा अवाले परिवारको उठिबास लगाउने र जग्गा कब्जा गर्न खोजे त्यसबाट उत्पन्न हुने परिस्थितिको भागिदार स्वयम् हुने समेत क्रान्तिकारी कम्युनिस्ट पार्टीले चेतावनी दिएको छ ।

ganesh awale 1ganesh awale 2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप