बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आँचल अभिनित साउथ फिल्म ‘हिटम्यान’को पोस्टर र टिजर रिलिज

शुक्रबार, २८ वैशाख २०८१, २० : १७
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । इन्डो नेपाली फिल्म ‘हिटम्यान’को पोस्टर र टिजर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच रिलिज फिल्मको पोष्टर अभिनेत्री आँचल शर्मा पनि अटाएकी छन् । टिजरमा भने उनी देखिएकी छैनन् ।

फिल्ममा आँचल शर्मा, विष्णु अधिकारी, प्रशान्त ताम्राकार लगायतको मुख्य भुमिका छ । फिल्म नेपाल र भारतको अलवा ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा समेत रिलिज हुनेछ । फिल्मले नेपाल र भारतका दर्शकलाई जोड्ने विश्वास गरिएको छ ।

फिल्मका निर्देशक अभिनेता विष्णु अधिकारी हुन् । उनले फिल्मलाई उत्कृष्ट बनाउन बिभिन्न ५ देशमा छायांकन गरिएको बताए । फिल्म रिलिज पश्चात अभिनेत्री आँचल शर्मालाई तेलगु इन्ड्स्ट्रीजले समेत खोज्ने उनको धारणा छ ।

कार्यक्रममा पोस्टरमा देखिए पनि टिजरमा नदेखिएकी आँचलले फिल्मको आगामी ट्रेलरमा आफू धमाकेदार शैलीमा देखिने बताइन् । दीपक अधिकारी निर्माता रहेको फिल्ममा साउथका चर्चित सङ्गीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले पनि सहकार्य गरेका छन् । फिल्म आउदो फेब्रुअरीमा रिलिज हुनेछ ।


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप