आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाराको जीतपुरस्थित नेपोभिट टायल्स कम्पनीमा आगलागी, क्षतिको विवरण आउन बाँकी

शुक्रबार, २८ वैशाख २०८१, २० : २४
शुक्रबार, २८ वैशाख २०८१

बारा । जीतपुर सिमरा उपमहानगर वडा नं ८ मा स्थित नेपोभिट टायल्स कम्पनीमा आगलागी भएको छ । आज दिउँसो उद्योग भित्र जेसिभीले काम गर्ने क्रममा बिजुलीको लाइनमा छोएर विद्युत् लाइन सर्ट हुँदा आगलागी भएको जनाइएको छ । 

आगलागी दिउँसो करिब ३ बजेतिर सुरु भएर साँझ ५ बजे पछि मात्रै नियन्त्रणमा आएको थियो ।  आगलागीको सो घटनामा वीरगन्ज महानगर, कलैया, जीतपुर सिमरा उपमहानगर र नेपाल प्रहरीको ४ वटा दमकल एकैपटक प्रयोग भएको थियो भने सँगसँगै २ वटा एक्स्काभेटर र जेसिभी समेत प्रयोग भएको  थियो । 

घटनामा उद्योगभित्र  रहेका कच्चा पदार्थ, टायल प्याकिङ मेसिन, कटिङ मेसिन, कार्टुन जलेर नष्ट भएको कम्पनीका प्लान्ट इन्चार्ज बद्री कँडेलले जनाएका छन् । ‘आगलागीका कारण धेरै क्षति भएको छ तर कति मूल्य बराबरको क्षति भयो भनेर अहिले नै भन्ने अवस्था छैन’ प्लान्ट इन्चार्ज कँडेलले भने । आगलागीको घटना लगत्तै जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, नगरप्रमुख राजन पौडेल सहितको टोली उद्योगको स्थलगत अनुगमनमा पुगेको थियो । 

 टायल्स उत्पादनमा नेपोभिट टायल्स कम्पनी जीतपुर सिमरा उपमहानगरमै ठुलो मानिन्छ । यो उद्योग भित्र करिब ३ सय मजदुर कार्यरत छन् । 

उद्योगले ५० प्रतिशत सामान भारतबाट आयात हुन्छ भने ५० प्रतिशत नेपालकै कच्चा पदार्थ (माटो) बाट उत्पादन गर्ने उद्योगले जनाएको छ । 

सो कम्पनीमा उत्पादन भएका टायल्सको बजार भने देशैभरि रहेको इन्चार्ज कँडेलले जनाएका छन् । जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले आगलागीका कारण ठुलो क्षति भए पनि अहिले नै मूल्याकंन गरिहाल्ने अवस्था नभएको बताए । ‘आगलागीका कारण एक करोड भन्दा माथिको क्षति छ देखिन्छ तर अध्ययन बिनै यति करोड भयो भन्न सकिने अवस्था छैन’  शर्माले भने  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप