सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धनगढीको एक घरबाट ३ लाख नगदसहित १२ तोला सुनचाँदीका गरगहना चोरी

मङ्गलबार, ०८ जेठ २०८१, ०९ : १५
मङ्गलबार, ०८ जेठ २०८१

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका ४ तारानगरस्थित एक घरबाट नगदसहित सुन चाँदीका गरगहना चोरी भएको छ ।

तारानगरका करन बानियाको घरबाट ८ तोला सुनका गरगहना, ४ तोला चाँदीको सामान र ३ लाख नगद चोरी भएको हो । पुजाका लागि पहाड घर डोटी गएका बेला बानियको घरमा चोरी भएको प्रहरीले जनाएको छ । 

सपरिवार बुधबार पुजाका लागि डोटी गएका बेला घरमा आइतबार घरमा पुग्दा चोरी भएको थाहा भएको बानियाले बताए । चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दराज फोडेर नगद र गरहना चोरी लगेको घरधनी बानियाले जानकारी दिए ।

आइतबार साँझ घर पुग्दा चोरी भएको प्रहरीलाई खबर गरिएको थियो । आज निवेदन दर्तापछि अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप