मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ जेसिजको अध्यक्षमा खड्का

शुक्रबार, ०४ जेठ २०८१, १० : ५५
शुक्रबार, ०४ जेठ २०८१

 काठमाडौँ ।  काठमाडौँ जेसिजको अध्यक्षमा एन्जिला खड्का निर्वाचित भएकी छन् । शनिबार सम्पन्न ४१ औँ शाखा अधिवेशन तथा ५३ औँ साधारणसभाबाट उनको नेतृत्वमा कार्यसमिति चयन भएको हो । 

कार्यसमितिको महासचिवमा श्याम कुमार घिमिरे, कोषाअध्यक्षमा करुणा थापा, जनरल लिगल काउन्सिलर (जीएलसी) मा प्रविन कुमार राई निर्वाचित भएका छन् । त्यस्तै इमिडेट पास्ट प्रेजिडेन्टमा रफी भण्डारी निर्वाचित भएका छन् ।

यसैगरी कार्यकारिणी उपाध्यक्षमा नारायण आचार्य र रजेन काजी श्रेष्ठ, प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् भने  उपाध्यक्षहरुमा बसन्त ब्लोवन,नारा आदित्य राइ, निरज कार्की र कविराज फुयाल मनोनित भएका छन् ।

 ५३ औँ वार्षिक साधारण सभाबाट निर्वाचित भएकी एन्जिला खड्का काठमाडौँ जेसिजको इतिहासमा दोस्रो महिलाको रुपमा नेतृत्वमा आएकी हुन् । उनी एक सफल युवा उद्यमी समेत हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप