मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

फेरि बढ्यो सुनको मूल्य, तोलामै १ लाख २१ हजार नाघ्यो

शुक्रबार, ०४ जेठ २०८१, ११ : ०७
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज फेरि सुनको मूल्य बढेको जानकारी दिएको छ । सुनचाँदी व्यवसायी महासंघले तोलामा ८०० रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।

यससँगै, आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ । हिजो तोलामा १ हजार ८०० रुपैयाँले बढ्दै मूल्यले नयाँ कीर्तिमान बनाएको थियो । आज पनि मूल्य थप बढ्दै नयाँ कीर्तिमान बनेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार २०० रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघका अनुसार आज चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४५ रुपैयाँमा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप