आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सहकारीको रकम हिनामिना प्रकरण

पोखराको मित्र मिलन सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी

शुक्रबार, ०४ जेठ २०८१, १३ : ३१
शुक्रबार, ०४ जेठ २०८१

पोखरा । पोखराबाट सञ्चालित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम हिनामिना आरोपमा उनीहरूलाई पक्राउ गर्न लागिएको हो । पुर्जी जारी हुनेमा वडाध्यक्ष, वकिलदेखि पत्रकारसम्म छन् ।

जिल्ला अदालत कास्कीले प्रहरीलाई पुर्जी पठाइसकेको छ । आरोपीहरूको खोजी सुरु भैसकेको प्रहरीले जनाएको छ । सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरू र सल्लाहकारसहित ३० जना विरुद्ध पुर्जी जारी भएको हो । 

पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदी, ताण्डव न्यूज डटकमका सम्पादक समेत रहेका एमाले पोखरा २१ का इन्चार्ज अर्जुन गिरी, सहकारीका उपाध्यक्ष  विजय लम्साल र सहकारीका कानुनी सल्लाहकार जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी गरिएको हो । 

संस्थाका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारी यसअघि नै पक्राउ परिसकेका छन् । बचतकर्ताको रकम फिर्ता नदिएपछि उनीहरू विरुद्ध पीडितले उजुरी दिएका थिए । सहकारी रजिस्ट्रारको कार्यालय पोखराका अनुसार सहकारीको वित्तीय विवरणमा कैफियत देखिएको र २६ करोडभन्दा बढी

रुपैयाँ हिनामिना गरेको निकालेको थियो । अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिने कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप