सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अनलाइनमार्फत यौन व्यवसाय, दुई ‘नाइके’ पक्राउ

शुक्रबार, ०४ जेठ २०८१, १३ : ५२
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । विभिन्न सामाजिक सञ्जाल अर्थात अनलाइन माध्यम प्रयोग गरेर यौन व्यवसायमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरु यस्तो कार्य गराउने कार्यमा संलग्न ‘नाइकेहरु’ रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेका सुरेश कुमार श्रेष्ठ र काठमाडौँको कलंकीका सुरज खड्का रहेका छन् । 

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । यसअघि पनि प्रहरीले सो कार्यमा संलग्न ५ जनालाई पक्राउ गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप