आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ फिल्म ‘चिट्ठी’को पहिलो गीत ‘टुटेको तारा’

शुक्रबार, ०४ जेठ २०८१, १६ : ११
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । माधवराज खरेलको लेखन र निर्देशन रहेको फिल्म चिट्ठीको पहिलो गीत ‘टुटेको तारा’ सार्वजनिक भएको छ । शिव परियारको स्वर, डा.कृष्णहरि बरालको शब्द रहेको गीतमा सरोज कोइरालाको संगीत छ । 

कमेडी जनरामा निर्माण भएको फिल्ममा खड्गबहादुर पुन मगर “खबपु”, गोपाल ढकाल “छन्दे”, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रविण भुषाल, श्रीदेव भट्टराई लगायतको अभिनय छ ।

जीवन पराजुली र राजन खरेलको छायाँकन रहेको  फिल्ममा निर्देशक खरेल र अच्यूत बजगाईको छायांकन छ । फिल्मका सहायक निर्माता अनिता कुँवर, समिर खान र कृष्णादेवी आचार्य हुन् ।

काठमाडौँ, काभ्रेपलाञ्चोक तथा ललितपुरका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको फिल्मको प्रदर्शन मिति जुर्न बाँकी छ । एरा प्रोडक्सनको ब्यानरमा बनेको फिल्म कमला जोशीले निर्माण गरेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप