मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा करिब साढे दुई करोडको कारोबार

शुक्रबार, ०४ जेठ २०८१, १६ : १५
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । ‘नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’मा करिब साढे दुई करोडको कारोबार भएको छ ।  

नेपाल उद्योग वाणिज्य महासंघकाअनुसार सोमबार (आज) सम्पन्न ५ दिने मेलामा करिब साढे दुई करोडको कारोबार र करिब २५ हजार अवलोकनकर्ता सहभागी भएका हुन् । ग्राहकलाई लक्षित गरेर नेपाल, बंगलादेश र पाकिस्तानले मात्रै स्टल राखेकाले अपेक्षाअनुसारको कारोबार नभएको महासंघका सहायक निर्देशक परशुराम नेपालले बताए ।

उनले भने, ‘इन्डियाको कन्जुमर फियरभन्दा पनि पावर सो थियो । चाइनाको मेशिनरी टेक्नोलोजीसँग रिलेटेड भएको हुनाले उनीहरुले डाईरेक्ट सेल भन्दा पनि नटवर्किङको हिसाबले आए । करिब ६० वटा नेपाली स्टल अनि इण्डियन, बंगलादेश र पाकिस्तानको ५/७ वटा, ५/७ वटा चाँही बिक्री गर्ने स्टलहरु भएको हिसाबले करिब साढे २ करोड जति कारोबार भएको अनुमान गरिएको छ ।’

नेपालमा उत्पादित निर्यातयोग्य वस्तुहरुको बजारीकरण गर्नका लागि सो मेला आयोजना गरिएको थियो । बजार प्रवर्द्धनको हिसाबले भने मेला फलदायी रहेको महासंघको निष्कर्ष छ । मेलामा नेपाली हस्तकलाका सामग्री, बंगलादेशको कपडा र पाकिस्तानको लेदरब्याग, पर्स, जाकेटलगायतका सामग्रीहरुमा ग्राहकहरुले चासो दिएका थिए । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गत मंसिर १४ गते उद्घाटन गरेको सो अन्तर्राष्ट्रिय मेलामा नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तानसहित करिब २ सय वटा स्टल राखिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा हरेक वर्ष नेपालमा अन्तर्राष्ट्रिय स्तरको मेला हुने गरेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप