आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भुसालले आज पदवहाली गर्दै

आइतबार, २४ मङ्सिर २०८०, ०७ : ४०
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा.डा. चोपलाल भुसालले आज पदवहाली गर्दै छन् । सोमबार स्वास्थ्य मन्त्रालय पुगेर नियुक्ति पत्र बुझेका प्राडा भुसालले आज काउन्सिल पुगेर पदवहाली गर्न लागेका हुन् । 

गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राडा भुसाललाई चार वर्षका लागि काउन्सिलको अध्यक्ष पदमा नियुक्त गरेको थियो । नाक कान घाँटी रोगका विशेषज्ञ समेत रहेका प्राडा भुसाललाई यसअघि सरकारले नेपालका लागि बंगलादेशका राजदूत बनाएको थियो ।

त्यसअघि उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, नेपाल चिकित्सक संघको अध्यक्ष समेत भइसकेका छन् । यसअघि अध्यक्ष रहेका प्राडा भगवान कोइरालाको चार वर्षे पदावधी १८ कात्तिकदेखि सकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप