मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आम जनता पार्टीले बुधबार जनकपुरमा प्रदर्शन गर्ने

आइतबार, २४ मङ्सिर २०८०, ०८ : २१
आइतबार, २४ मङ्सिर २०८०

धनुषा । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले जनकपुरमा प्रदर्शन गर्ने भएको छ । नेपालमा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता तथा लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्दै किसानहरुलाई सहुलियत कर्जा दिलाउन मागसहित बुधबार (मंसिर २० गते) प्रदर्शन गर्ने निर्णय भएको अध्यक्ष साहले जानकारी दिए । 

सोमबार बसेको जनकपु्रमा प्रदेश कमिटी बैठकको बैठकले मधेशमा भ्रष्टाचार बढेको प्रति चिन्ता प्रकट गरिएको छ ।  साहले सरकारी योजना र बजेटको खरीद बिक्री जस्ता भ्रष्टाचारजन्य कार्य रोक्न भ्रष्टाचारीलाई जनकारवाही गर्ने अभियान चलाउने निर्णय समेत गरेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप