आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘पानी ट्याङ्की’ युवा समूहको देउसी–भैलोको रकम जाजरकोटका भूकम्पपीडितलाई

बुधबार, ३० जेठ २०८१, ११ : ४९
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । काठमाडौँको बौद्ध–महांकालमा रहेको पानी ट्याङ्की युवा समूहले तिहारमा खेलेको देउसी भैलोबाट सङ्कलन भएको रकम जाजरकोटका भूकम्प प्रभावितलाई भोजन सेवामा खर्च गरेको छ । 

जाजरकोट सदरमुकाम खलंगाबाट २ किलोमिटर दुरीमा रहेको तल्लो थाप्ले गाउँका ३५० जनालाई बिहान बेलुका दुई छाक खानाको व्यवस्थापन गरेको समूहका अध्यक्ष उमेश सापकोटाले जानकारी दिए ।

 यसका साथै समूहको तर्फबाट भूकम्प पीडितहरूलाई ब्ल्याङकेट र न्यानो कपडाहरू सहयोग गरिएको उनले बताए । 

तिहारमा देउसी भैलो खेलेको रकमका साथै बौद्ध–महांकालका टोल बासी तथा देश विदेशमा रहेका साथीभाइहरुको सहयोगबाट जाजरकोट पुगेर भूकम्प प्रभावितहरूलाई सहयोग गरेको सापकोटाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप