आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए गीत

बुधबार, ३० जेठ २०८१, १७ : २७
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ‘हामी नेपाली, हाम्रो खेलाडी’ ल्याएका छन् । स्विडेनमा रहेका गीतकार डा. दिपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्य दृश्य समेटिएका छन् । 

नेपाल टी २० विश्वकपमा छनौट भएको र नेपालमा खेलप्रतिको इज्जत बढिरहेको माहौलमा यो गीत ल्याएको गायक आचार्यले बताए । ‘गीतकार थापाले खेलाडी सम्बन्धी खेल गीत लेख्नुभएको रहेछ ,’ हरिवंशले भने, ‘मलाई गाइदिनुस् भन्नुभयो । पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्था उहाँहरूप्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ ।’

गीतकार थापाले सानैदेखि मह जोडी आफ्नो आइडल रहेका कारण यो गीत गाउन आग्रह गरेको बताए । ‘उहाँलाई दुई–चार वटा गीतहरू पठाएँ तर सुरुमै यो गीत राम्रो मान्नुभयो,’ थापाले थपे ।

विशाल निरौलाको संगीत र एरेन्ज रहेको यो गीतको भिडियो राष्ट्रिय खेलकुद परिषदमा समेत खिचिएको छ । ‘हामीले बनाउनुपर्ने गीत तपाईँहरूले बनाउनुभएछ भनेर राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले तारिफ गर्नुभएको छ,’ हरिवंशले सुनाए । 

गीतकार थापासँगै अस्ट्रेलिया निवासी सुशीला पौड्याल र गोपाल पौड्याल यो गीतका निर्माता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप