आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सोती घटना

सोती घटना : ८ जनाले पाए सफाइ

आइतबार, ३० वैशाख २०८१, २१ : १५
आइतबार, ३० वैशाख २०८१

काठमाडौँ । विसं २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा भएको घटनामा ८ जनाले सफाइ पाएका छन् । जाजरकोटका नवराज विकसहित छ जनाको हत्या भएको घटनाको मंगलबार भएको फैसलामा ८ जनाले सफाइ पाएका हुन् । 

जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्दलाई सफाइ दिएको हो । 

जिल्ला अदालतले उक्त घटनाको कसुरमा कारागारमा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

यस्तै अदालतले नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदको मुद्दामा दुई वर्ष कैद र ५० हजार जरिवाना तोकिएको छ । यस्तै पीडितलाई प्रतिवादीको तर्फबाट ४० हजारका दरले क्षतिपूर्ति भराउने फैसला भएको छ ।

विसं २०७७ जेठ १० गते जाजरकोटका नवराजसहित उनका पाँच जना साथी गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा हत्या भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप