बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एनसेल खरिदबिक्री प्रकरणबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने

आइतबार, ३० वैशाख २०८१, २१ : २४
आइतबार, ३० वैशाख २०८१

काठमाडौँ । सरकारले एनसेल खरिदबिक्री प्रकरणबारे अध्ययन तथा अनुसन्धान गर्न अध्ययन तथा छानबिन समिति बनाउने भएको छ ।  

मंगलबार बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकपछि बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् । उनले दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित खबरप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण र मन्त्रीपरिषद्को बैठकबाट आवश्यक अध्ययन तथा छानबिन समिति बनाउने निर्णय भएको बताइन् ।

उनले समिति कति सदस्य बन्ने भन्ने टुंगो लागि नसकेको बताइन् । उनले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी समेत नगराई अस्वभाविक प्रावधान र मूल्यमा बिक्री भएको बताइन् ।

मन्त्री शर्माले सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा न्यूनीकरण तथा नेपाल सरकारको राजश्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप