बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

२०७ स्वयंसेविकालाई प्रदेश सरकारको सम्मान

सोमबार, ३१ वैशाख २०८१, ०८ : ५१
सोमबार, ३१ वैशाख २०८१

भरतपुर महानगरपालिकाभित्र कार्यरत स्वास्थ्य स्वयंसेविकालाई मङ्गलबार सम्मान गरिएको छ। बीसौँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा महानगरभित्रका दुई सय सात स्वयंसेविकालाई नगदसहित सम्मान गरिएको हो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले उनीहरूलाई सम्मान गरेका हुन् । प्रदेश सरकारले प्रदेशभरि नै कार्यरत स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत महानगरका स्वयंसेविकालाई सम्मान गरिएको उनले बताए । 

बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवाल र ईश्वर सापकोटाले स्वयंसेविकाले उठाएको जायज मागलाई राज्यले संवेदनशील भएर सम्बोधन गर्नुपर्नेमा जोड दिए । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले हरेक वर्ष ६० वर्ष नाघेका स्वयंसेविकालाई नगद रु ५० हजारसहित सम्मान गर्ने गरेको बताए । 

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती, भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख शान्ताकुमारी पौडेल, भरतपुर महानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख दीपक सुवेदी, स्वयंसेविकाको तर्फबाट सुभद्रा श्रेष्ठलगायतले बोलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप