सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजियाटाका* प्रमुख कार्यकारी अधिकृतलाई पत्र काट्नुपर्छ : सांसद वाग्ले

सोमबार, ३१ वैशाख २०८१, १२ : १२
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले आजियाटाका प्रमुख कार्यकारी अधिकृत जब्बोर कायुमोभलाई पत्र काट्नुपर्ने बताएका छन् । बुधवार बसेको अर्थ समितिको बैठकमा बोल्दै वाग्लेले आजियाटाका कार्यकारी अधिकृत कायुमोभलाई पत्र काटेर समितिमा बोलाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘आजियाटाले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख गिराएको छ । नेपालमा लगानीको वातावरण छैन भनेको छ ।’ यसबाट लगानी सम्मेलनको पूर्व सन्ध्यामा नेपालमा लगानीको वातावरण नरहेको सन्देश जाने वाग्लेको भनाइ छ ।

आजियाटाले लगानी फिर्ता लैजानु नौलो नभए पनि लगानीको वातावरण छैन भन्नू गलत भएको उनको भनाइ छ । सोही कारण प्रमुख कार्यकारी अधिकृत कायुमोभलाई समितिमै बोलाउनुपर्ने उनले बताए ।

*यसअघि समाचारमा आजियाटा हुनुपर्नेमा अन्यथा उल्लेख भएकाले भुलसुधार गरिएको छ-सं

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप