बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, २४ चैत २०७४, ०५ : २२
शनिबार, २४ चैत २०७४

 

आजको राशिफल  

बि.स.२०७४ चैत्र २४ गते । शनिबार । ईश्वी सन् २०१८ अप्रिल ०७ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख कृष्णपक्ष । तिथि सप्तमी ४३ घडी २२ पला,बेलुका ११ बजेर ०८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र मूल,२१ घडी ४९ पला,दिउसो २ बजेर ३१ मिनेट उप्रान्त । योग परिध ५२ घडि ४० पला । करण भद्रा,विहान १० बजेर ०८ मिनेट उप्रान्त वव,बेलुकी ११ बजेर ०८ मिनेट उप्रान्त वालव । 

आनन्दादिमा गद योग । चन्द्रराशि धनु ।
काठमाडौंमा सूर्योदय ५ बजेर ५० मिनेट,सूर्यास्त बेलुका ६ बजेर २४ मिनेट । दिनमान ३१ घडी २४ पला । 


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा मार्फत मनग्गे लाभ लिन सकिनेछ । सानो सानो लगानि गर्दा पनि व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाईनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ । 
शुभ अंक —४
शुभ रंग — रातो
    
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानिसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुँने हुँदा पढाई लेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घर परिवारमा आफन्तबिच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ सचेर रहनुहोला ।
शुभ अंक — ३
शुभ रंग —  खरानि

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पारिवारिक सम्बन्ध,दाम्पत्य जिवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । लामो तथा रमाईलो यात्रा हुँनेहुँदा मन प्रशन्न हुँनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपाईले सोचेजस्ते राम्रो हुँनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेको छ ।
शुभ अंक — ३
शुभ रंग — हरियो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् भने सत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुँनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अध्यानमा प्रतिष्पर्धिहरुलाई साईड लगाउँदै एक दुई कदम अगाडि बढ्न सकिनेछ । नया ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।
शुभ अंक — ४
शुभ रंग — निलो

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पति लाभ हुँनेछ भने शेयर बजारमा गरेको लगानि फस्टाएर जानेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् ।
शुभ अंक — ५
शुभ रंग —  कफि
 
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) पैत्रिक घर जग्गामा गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालनमा रुपैया पैसा लगानि गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । आफन्त तथा समाजका बौद्धिक व्यात्तित्वहरु सँग बिवाद हुने योग रहेकोछ । खानपान तथा मौषमको  ख्याल गर्नुहोला छाति तथा श्वास प्रश्वास सम्बन्धि समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेकोछ । अध्ययनमा अलि बढि समय खर्चिय नतिजा आफ्नौ पक्षमा पार्न सकिनेछ । 
शुभ अंक — ३
शुभ रंग  — हरियो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) मुद्दा मामिला तथा अदालतबाट हुँने फैसला तपाईकै पक्षमा आउँनेछन् भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय हुँनेछ भने यात्राबाट भनेजस्तो उपलब्धि हासिल हुँनेछ । बिद्यार्थि बर्गहरुले पढाईमा मेहनेत गरि राम्रो नतिजा ल्याउँन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् । 
शुभ अंक — ३
शुभ रंग — खरानि

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफ्ना समस्याहरु परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुँनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलिको प्रभाव बढ्ने हुँदा महत्वपुर्ण निर्णयहरु गर्न सकिनेछ । माया प्रेममा बिश्वास बढ्नेछ भने जीवन साथिको सहयोगलो नयाँ कामको थालनि गर्न सकिनेछ । बिद्यार्थिहरुले थोरै समय दिदा पनि उत्कृष्ट नतिजा ल्याउँन सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानिको बाताबरण बन्नेछ ।
शुभ अंक — ५
शुभ रंग  — रातो
    
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।
शुभ  अंक — ३
शुभ रंग —  हरियो

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ ।
शुभ अंक —१
शुभ रंग — सेतो

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । नयाँ प्रकृतिको काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । बुवा बाजेको धन सम्पति परिचालन गरि आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । माया प्रेममा सामिप्ष्ता बढेर जाने योग रहेकोछ ।
शुभ अंक — २
शुभ रंग — हरियो
    
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुँने योग रहेको छ । समस्याहरुको समाधान गरि आम्दानिका स्रोत हरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ ।
शुभ अंक — ३
शुभ रंग — सुन्तला

तपाईको दिन शुभ रहोस् ।     
यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप