मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

टिगमा अब रेस्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापन सुविधा

आइतबार, ०६ जेठ २०८१, १५ : ३१
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगलाई अब रेस्टुरेन्ट र रिटेल व्यवस्थापनमा समेत प्रयोग गर्न सकिने भएको छ । बीआईसी टेक्नोलोजीले निर्माण गरेको सफ्टवेयर टिगमा रेस्टुरेन्ट, क्याफे र रिटेल म्यानेजमेन्ट सुविधा थप गरिएको हो ।

टिगलाई अहिलेसम्म १५ सय बढी व्यवसायहरूले प्रयोग गर्दै आएका छन् भने कर्णाली प्रदेशका दुर्गम जिल्लामा दुई दर्जन भन्दा बढी व्यवसायीहरूले यस अघि देखि नै अकाउन्टिङ सफ्टवेयर निःशुल्क प्रयोग गरिरहेका छन् ।

साना तथा मझौला व्यवसायलाई डिजिटल बनाउने उद्देश्यले टिगमा अकाउन्टिङका साथै रिटेल र रेष्ट्रो मोड्युल पनि थप गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश केसीले बताए ।

'टिगको लक्ष्य साना तथा मझौला व्यवसायलाई डिजिटल बनाउनु हो,' उनले भने, 'त्यसै अनुसार टिगमा रेस्टुरेन्ट, साना मार्ट, होलसेल र रिटेल पसललाई एउटै प्लेटफर्मबाट व्यवस्थापन गर्न सकिने गरी नयाँ सुविधा ल्याएका छौं । टिगमा अकाउन्टिङ र स्टक व्यवस्थापन सुविधा यसअघि देखि नै उपलब्ध छ ।'

2b0da421-940b-48ac-8b7c-600bb5a28693

रेस्टुरेण्ट, क्याफे वा मार्ट व्यवसायीहरूले सफ्टवेयरको डेमो निःशुल्क रूपमा हेर्न सक्ने व्यवस्था मिलाइएको छ । यस बाहेक टिगले व्यवसायीलाई तालिम समेत उपलब्ध गराउँदै आएको छ ।

सफ्टवेयर प्रयोग गर्न चाहने सबैका लागि निःशुल्क अनलाइन तालिमको व्यवस्था गरिएको टिगकी सह-संस्थापक प्रार्थना शाखःले बताइन ।

नयाँ सेवा सार्वजनिक गरेको अवसरमा अहिले टिगको अकाउन्टिङ, रिटेल र रेष्ट्रो सेवाको खरिदमा ४० प्रतिशतसम्म छुट पाइने उनको भनाइ छ ।

टिग रेष्ट्रोमा टेबल म्यानेजमेन्ट, अर्डर प्रोसेसिङ, किचेन अर्डर सिस्टम, मल्टिपल लोकेसन सपोर्ट, ह्याण्डहेल्ड डिभाइसबाटै अर्डर सुविधा, हार्डवयेरमा पीओएस इन्टिग्रेसन लगायतका विशेषताहरू रहेका छन् ।

यस्तै टिग रिटेलबाट सजिलै आफ्नो होलसेल पसल वा मार्ट व्यवस्थापन गर्न सकिने छ । यसबाट आफ्नो विभिन्न ठाउँमा रहेका पसल वा मार्ट सजिलै अनलाइनबाटै निगरानी राख्न र व्यवस्थापन गर्न सकिने छ ।

टिग रिटेलमा सेल्स अर्डर प्रोसेसिङ, बारकोड प्रिन्टिङ तथा स्क्यानिङ, रिसेप्ट प्रिन्टिङ प्रडक्ट व्यवस्थापन, रियल टाइम एनालाइसिस लगायतका सुविधा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप