कान्तिपुर शीर्ष स्थानमा
सोमबार, २५ मङ्सिर २०८०, २० : २१
काठमाडौँ । कान्तिपुर भ्याली पिङपोङ क्लब स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिपको दोस्रो दिन बुधबारको खेल सकिँदा शीर्ष स्थानमा छ ।
स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा कान्तिपुरले ४४ अङ्क जोडेको छ । आयोजक स्ट्याग ४३ तथा नेपाल प्रहरी क्लब ४१ अङ्कसाथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
नेपाल एपीएफ क्लबले ३१, गोड स्पिन टेबलटेनिस एकेडेमीले २९, एभीएम टेबलटेनिस क्लबले २६, नेपाल आर्मी क्लबले २१, ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबले १० र नगाउँ स्पोर्ट्स क्लबले ८ अङ्क जोडेका छन् ।