आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भान जिक र डोमिनिकको गोलमा लिभरपुलको जित

मङ्गलबार, २६ मङ्सिर २०८०, ०९ : २८
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पछिल्लो खेलमा लिभरपुलले सफलता हात पारेको छ । लिभरपुलले बुधबार राति खेलिएको खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी सेफिल्ड युनाइटेडलाई उसैको मैदानमा २—० गोलले हरायो ।

लिभरपुलले खेलको दुबै हाफमा एक—एक गोल गरेको थियो । खेल सुरु भएको ३७औँ मिनेटमा भर्जिल भान जिकले लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा लिभरपुलले अर्को गोल थपेको थियो ।

लिभरपुलका लागि दोस्रो गोल डोमिनिकले  गरेका थिए । १५ खेल खेलेको लिभरपुल ३४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । लिभरपुलले हालसम्म १० जित, चार बराबरी र एक हारको नतिजा निकालेको छ ।

जारी सिजनको प्रिमियर लिगमा हालसम्म एक खेलमात्र हार्ने टोली लिभरपुल र आर्सनलमात्र हुन् । समान खेल खेलेको आर्सनल ३६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । आर्सनलले ११ जित, तीन बराबरी र एक हारको नतिजा निकालेको छ । सेफिल्ड युनाइटेड भने पाँच अङ्कसहित तालिकामा सबैभन्दा तल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप