बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद्को निर्णय

एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न सरकारले बनायो समिति

मङ्गलबार, २६ मङ्सिर २०८०, १० : ४०
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । सरकारले एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न समिति बनाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ५ सदस्यीय छानबिन समिति गठन गरेको खानेपानीमन्त्री महेन्द्र राय यादवले जानकारी दिए । 

समितिको संयोजकमा पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा रहेका छन् । सदस्यहरूमा  फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले छन् । समितिलाई यो प्रकरणको अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको कार्यादेश दिइएको बताइएको छ । 

६ दिन अगाडि स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको थियो । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभिसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत सेयर स्वामित्व लिने समझदारी बनेको थियो । 

 एनसेलको ८० प्रतिशत स्वामित्व रेनोलल्डस् होल्डिङ्सँग रहेको छ ।  स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य हुन् । उनी सिंगापुरमा रहेका नेपाली मुलका व्यवसायी हुन् । प्रक्रिया पुरा नगरी एनसेल खरिद  बिक्री गरेर चलखेल भएको भन्दै सरकारले असन्तुष्टि जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप