मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लोकतन्त्रको रक्षार्थ ९ जिल्लामा नागरिक संवाद कार्यक्रम

सोमबार, ०७ जेठ २०८१, १२ : २६
सोमबार, ०७ जेठ २०८१

काठमाडौँ । लोकतन्त्रको रक्षार्थ सुशासनको प्रत्याभूति र सद्भाव प्रवर्द्धनमा केन्द्रित रही मानव अधिकार तथा शान्ति समाजले ९ जिल्लामा नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ । २०८० मङ्सिर १६ गते कास्कीको पोखराबाट सुरु भएको अभियान अन्तर्गत मङ्सिर २० सम्ममा स्याङ्जा, पाल्पा, रुपन्देही, नवलपरासी पश्चिम, नवलपुर, चितवन, गोरखा र नुवाकोटमा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । 

समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बरालसहित स्थानीय नागरिक समाजका प्रतिनिधिहरू र राजनीतिक समाजका प्रतिनिधिहरूले मन्तव्य व्यक्त गरेको नागरिक संवाद कार्यक्रममा सर्वसम्मतिबाट ९ वटा नागरिक सङ्कल्प समेत जारी भएको छ । 

७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन मङ्सिर २४ गते काठमाडौँ रामशाहपथस्थित नेपाल बार एशोसियसनको सभाकक्षमा दिउँसो १ बजे शान्ति समाजद्वारा आयोजना गरिएको नागरिक संवाद कार्यक्रममा उक्त नागरिक सङ्कल्प र नौ जिल्लामा व्यक्त नागरिक आवाजको सार प्रस्तुत गरिने छ । यो कार्यक्रम देशव्यापी रूपमा आयोजना गरिँदै छ ।

लोकतन्त्र रक्षा अभियान अन्तर्गत शान्ति समाजले नागरिक संवाद कार्यक्रमको पृथक् स्वरूप अघि सारेको छ भने नागरिक संवाद कार्यक्रमको प्रारम्भमै मानव अधिकार तथा शान्ति समाजकै कमी कमजोरी र समाजका संस्थापक सभापति कृष्ण पहाडीकै बारेमा पनि आलोचना गर्न पाउने जानकारी गराउँदै उपस्थित सहभागीहरूलाई मन्तव्य व्यक्त गर्न आग्रह गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप