आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले बागमती प्रदेशले तोकेको जिम्मेवारीप्रति नुवाकोटमा असन्तुष्टि

शुक्रबार, ३२ जेठ २०८१, १६ : ५१
शुक्रबार, ३२ जेठ २०८१

नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को बागमती प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँटमा नुवाकोटबाट प्रदेश कमिटीमा निर्वाचित एमालेका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

बागमती प्रदेशको गत नेतृत्वकालमा संसदीय र स्थानीय निर्वाचनमा नराम्ररी पछारिएको एमालेलाई पुरानै अवस्थामा फर्काउन वैचारिक रूपले सुदृढ एमाले बनाउने भन्दा पनि नेताको पछि लाग्नेलाई मात्र जिम्मेवारी दिएको भन्दै  असन्तुष्टि बढेको हो । 

नुवाकोटबाट प्रदेश कमिटीमा निर्वाचित भएका केही प्रदेश कमिटीका सदस्यले भूगोलमा काम गर्ने जिम्मेवारी पाएका छन् । जिम्मेवारी पाउने ती भाग्यमानी नेतामा कृष्णप्रसाद लामिछाने (के.पी.) इन्चार्ज दुप्चेश्वरी र तादी गाउँपालिका, अजितमान तामाङ इन्चार्ज बेलकोटगढी नगरपालिका र ककनी गाउँपालिका, कल्पना नेपाली सहइन्चार्ज उत्पीडित जातीय मुक्ति समाज छन् । यसैगरी  काशीराज अधिकारी इन्चार्ज प्रदेश निर्वाचन क्षेत्र नं. १ को प्रदेश १, गणेशकुमार श्रेष्ठ इन्चार्ज सङ्घीय निर्वाचन क्षेत्र नं. २, गीताकुमारी दाहाल सहइन्चार्ज विदुर नगरपालिका, निर्मला अधिकारी (खड्का) इन्चार्ज लिखु गाउँपालिका, पूर्णलाल श्रेष्ठ इन्चार्ज प्रदेश निर्वाचन क्षेत्र नं. १ को प्रदेश २, प्रह्लाद प्याकुरेल    इन्चार्ज विदुर नगरपालिका र सूर्यगढी गाउँपालिका, बलराम आचार्य इन्चार्ज सङ्घीय निर्वाचन क्षेत्र नं. १ छन् । 

यसैगरी बिन्दा नेपाल इन्चार्ज प्रदेश निर्वाचन क्षेत्र नं. २ प्रदेश १, विष्णुप्रसाद लोहनी इन्चार्ज प्रदेश निर्वाचन क्षेत्र नं. २ प्रदेश २, श्रीमाया लामा (तामाङ) इन्चार्ज म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिका, सञ्जु पण्डित इन्चार्ज तारकेश्वर गाउँपालिका, सरस्वती थापा (खड्का) इन्चार्ज पञ्चकन्या र शिवपुरी गाउँपालिका रहेका छन् ।

तर कार्य विभाजनका कारण जिल्ला–जिल्लामा समस्या उत्पन्न भएको जिम्मेवारी पाएका नेताले नै बताउन थालेका छन् । बागमती प्रदेशमा अहिले साबिक चार सय ५३ बाट घटेर दुई सय ४० मात्र सदस्य रहने व्यवस्था भएकाले विगतका दुई सय १३ जना प्रदेश सदस्य बाहिरिएका छन् । 

प्रदेश कमिटीको बैठकले तोकिएका जिम्मेवारी पनि विगतमा कामको मूल्याङ्कन नभएको, सिनियारिटीलाई ख्याल नगरेको, भूगोलमा पाइला नटेक्ने र विगतमा एउटा बैठकसमेत आयोजना गर्न नसक्नेलाई नै भूगोल जिम्मा लगाइएको स्थानीय तह, सङ्घ र प्रदेश निर्वाचन क्षेत्रको जिम्मेवारी हचुवाका भरमा गरिएकाजस्ता टिप्पणी बाहिर आएका छन् । 

नुवाकोट एमालेले आयोजना गरेको एउटा जिल्लास्तरीय कार्यक्रममा एकजना पदाधिकारीले त प्रदेशले गरेको जिम्मेवारी त्रुटिपूर्ण रहेको  र प्रदेशको निर्णयले असन्तुष्टि बढेको बताएको जिल्ला कमिटीका एक सचिवालय सदस्यले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप