आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्मचारी आवश्यकताको पर्चा बाँड्नेलाई काठमाडौँ महानगरले तिरायो ५ हजार जरिवाना

शुक्रबार, ३२ जेठ २०८१, १७ : ०१
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । कर्मचारी आवश्यकता भन्दै पर्चा बाँड्नेलाई काठमाडौँ महानगरपालिकाले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । काठमाडौँ महानगर प्रहरीले कलंकीमा कर्मचारी आवश्यकताको पर्चा बाँड्दै गरेका सन्देश आले मगरलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

पर्चा बाँड्ने र मान्छे ठग्ने साथै सडकमा पर्चा फाली फोहोर गरेको भन्दै महानगरले जरिवाना तिराएको हो । कर्मचारीको आवश्यकता भन्दै सडक पोलहरूमा पर्चा टाँस्ने, सडकमा हिँड्ने मान्छेहरू वितरण गर्ने जस्ता कार्य गरेको पाइएपछि महानगर प्रहरीले जरिवाना गरेको हो ।

काठमाडौँ महानगरले आफ्नो कार्य क्षेत्रभित्र पर्चा पम्पटेल टाँस्ने, बाँड्ने लगायतका कार्यमा रोक लगाएको छ । कानुन विपरीतको कार्य गरेको पाइएपछि जरिवाना गराइएको महानगर प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप